Logo

स्वास्थ्य बिमाको कार्यान्वयन कमजोर



काठमाडौं, साउन ३१ । सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले छ वर्ष अगाडि सरकारले ल्याएको स्वास्थ बिमा कार्यक्रम प्रक्रियागत झन्झट र बिमा बोर्डको संरचनागत कमजोरीका कारण अपेक्षित नतिजा प्राप्त हुन सकेको छैन।

स्वास्थ्य बिमाको प्रभावकारी कार्यान्वयनमा मुख्य भूमिका निर्वाह गरिरहेको स्वास्थ्य बिमा बोर्ड यतिखेर माथिल्लो तहको जनशक्तिको अभावका कारण दैनिक बिमा दाबी गर्नेको संख्याको अनुपातमा त्यसलाई कारबाही गरिने अनुपात अत्यन्त न्यून रहेको सरकारी तथ्यांक छ।

बिमा बोर्डका अध्यक्ष डा दामोदर बसौलाले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रूपमा लैजान बोर्डले आफ्नातर्फबाट प्राथमिकताका साथ काम गरिरहेको र बोर्डमा हाल जनशक्ति अभाव सबैभन्दा ठूलो समस्याको रूपमा रहेकाले जनशक्तिको पदपूर्तिमा सरकारले ध्यान दिनुपर्ने बताएका छन्।



प्रतिक्रिया दिनुहोस्