Logo

लिभरपुलको दोस्रो बराबरी



एजेन्सी । इङ्लिस प्रिमियर लिगमा लिभरपुलले लगातार दोस्रो बराबरी खेलेको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा समेटिएको लिभरपुलले क्रिस्चल प्यालेससँग १-१ गोलको बराबरी खेल्दै अङ्क बाढेको हो ।

एनफिल्डमा भएको खेलमा लिभरपुलको लागि लुइस डियास र प्यालेसको लागि विल्फ्रेड जाहाले एक/एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा प्यालेस बराबरीमा रोकिन बाध्य भयो । ३२ औं मिनेटमा जाहाले गोल गर्दै पाहुना टोलीलाई खेलमा अगाडि बढाएका थिए ।

६१ औं मिनेटमा मिल्नरको पासमा लुइसले गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए । यसअघि ५७ औं मिनेटमा डार्विन नुनेज रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि लिभरपुल १० खेलाडीमा समेटिएको थियो ।

बाँकी समयमा थप गोल हुन नसक्दा दुवै टोली एक/एक अङ्क बाढे । बराबरीसँगै लिभरपुल दुई खेलबाट २ अङ्क जोड्दै लिगको १२ औं स्थानमा रहेको छ भने पराजित प्यालेस १६ औं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्