Logo

मुक्तिनाथ बैंकका ग्राहकले हिमाल डेन्टल र भिभान्ता डेन्टलमा विशेष छुट पाउने



काठमाडौं, ३१ साउन । मुक्तिनाथ विकास बैंक लिमिटेडले हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलसँग सम्झौता गरेको छ ।

बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन देशभरका विभिन्न ठाँउहरुमा शाखाहरु रहेको हिमाल डेन्टल अस्पताल र काठमाडौंको कमलपोखरी स्थित भिभान्ता डेन्टलसँग विभिन्न सेवाहरुमा १५ प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो ।

यस सम्झौता पश्चात बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले देशभर विभिन्न ठाँउहरु (काठमाडौं भित्रः धुम्बाराही, चावहिल, लगनखेल, साखु र काठमाडौं बाहिरः चितवन, नेपालगञ्ज, बैतडी, मकवानपुर, कञ्चनपुर, सुन्सरी , कैलाली, डडेलधुरा )मा शाखा रहेको हिमाल डेन्टल अस्पतालमा र काठमाडौंको कमलपोखरीमा रहेको भिभान्ता डेन्टलमा विभिन्न सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ब्त्ः ऋबचम प्रयोग गरी नेपालभरी रहेको ख्क्ष्क्ब् ल्भतधयचप मा आवद्ध अन्य जुन सुकै बैंकको ब्त्ः ःबअजष्लभ बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।



प्रतिक्रिया दिनुहोस्