Logo

घट्यो सुनको भाउ, कतिमा हुँदैछ आज कारोबार?



काठमाडौं, साउन ३१ । आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार तोलाको ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा आईपुगेको छ ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ७ सयले नै घटेर तोलाको ९६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २२० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८२ हजार ९०५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८२ हजार ४७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४६ रुपैयाँ कायम गरेको छ ।



प्रतिक्रिया दिनुहोस्