Logo

गौतम र भट्टराई माओवादीको चिन्हबाट चुनाव लड्ने



काठमाडौं, साउन ३१ । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम र नेपाल समाजवादी पार्टी संयुक्तका अध्यक्ष डा बाबुराम भट्टराई आसन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्हबाट निर्वाचन लडने भएका छन् ।

नेकपा माओवादी केन्द्रको मंगलबार बसेको स्थायी कमिटी बैठकले गौतम र भट्टराईलाई आफ्नो चुनाव चिन्हबाट लड्ने अनुमति दिएको छ ।

गौतम प्युठान वा बर्दिया कहाँबाट लडने भन्ने बारेमा टुंगोमा लाग्न बाँकि छ । सरकारले मंसिर ४ का लागि प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन तोकेको छ ।



प्रतिक्रिया दिनुहोस्