Logo

एमालेलाई दुई तिहाई बहुमतले विजयी गराउने लक्की शेर्पाको घोषणा (भिडिओसहित)



काठमाडौं, ३१ साउन । नेकपा (एमाले) की नेतृ एवम् पूर्व राजदूत लक्की शेर्पाले आगामी निर्वाचनमा एमालेले दुई तिहाई बहुमत ल्याउने दाबी गरेकी छिन् । अध्यक्ष केपी शर्मा ओली समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पनाकार भएको उल्लेख गर्दै ओलीकै नेतृत्वमा नेपालका सबै कम्युनिष्टहरु एक भएर अघि बढ्ने उनको विश्वास छ ।

हालै काठमाडौंमा सम्पन्न भएको लोकतान्त्रिक शेर्पा संघ, नेपालको दोस्रो राष्ट्रिय अधिवेशनमा सम्बोधन गर्दै उनले यस्तो बताएकी थिईन् । उनले ओलीकै नेतृत्वमा नेपालको कम्युनिष्ट आन्दोलन एक ढिक्क हुनेमा आफू विश्वस्त रहेको सुनाईन् । उनले नेपालमा इमानदार नेतृत्व भनेर ओलीमात्रै चिनिएको पनि दाबी गरिन् । उनले ओलीको सपना, भीजन साकार पार्नको लागि नेपालको शेर्पा समूदायले साथ दिने पनि विश्वास दिलाईन् ।

उनले आगामी निर्वाचनमा एमालेलाई दुई तिहाई बहुमतले विजयी गराउने पनि दृढता व्यक्त गरिन् । उनले ओलीलाई देशी तथा विदेशी शक्तिहरुले सरकारबाट विस्थापित गरेको पनि आरोप लगाईन् । उनले ओलीले अघि सारेको विकासको मोडेललाई बिचमै तुहाउनको लागि ग्राण्ड डिजाईन भएको र सरकारबाट हटाईएको टिप्पणी गरिन् ।



प्रतिक्रिया दिनुहोस्