Logo

काश्मिरमा बस दुर्घटना, १० प्रहरीको मृत्यु



एजेन्सी, ३१ साउन । काश्मिरमा प्रहरी बल आईटीबीपीको बस खाल्डोमा खस्दा १० जना प्रहरी जवानको मृत्यु भएको छ ।

इन्डो–तिब्बत सीमा प्रहरी बलको बस मंगलबार बिहान ११ः१० बजे कश्मीरको पहलगाममा १०० फिट गहिरो खाडलमा खसेको थियो । बसमा ३९ आईटीबीपी र २ जम्मू कश्मीर प्रहरी कर्मचारी थिए। बसको ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ । सबै जवान अमरनाथ यात्रा गरेर ड्युटीबाट फर्किरहेका थिए।

जवानहरू अमरनाथ यात्राको सुरुवात बिन्दु चन्दनवाडीबाट पहलगाम आउँदै थिए। बीचमा चालकले नियन्त्रण गुमाएपछि बस खाल्डोमा खसेको थियो ।

घाइते सैनिक जवानहरूको अनन्तनागको सरकारी मेडिकल कलेजमा उपचार भइरहेको छ। घटनास्थलतर्फ १९ वटा एम्बुलेन्स पठाइएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्