Logo

निर्वाचन आयोगमा पत्रकारहरुबाट घेरिए वामदेव, सिटबारे प्रचण्डलाई जिम्मा दिएको खुलासा



काठमाडौं, ३१ साउन । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतमले आफ्नो सिटबारे नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मा दिएको बताएका छन् ।  नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्हबाट निर्वाचनमा भाग लिनेगरि गौतम आज (मंगलबार) संयुक्त दल दर्ताको लागि निर्वाचन आयोगमा पुगेका थिए ।

सो क्रममा उनले पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले भने,”माओवादीकै कोटाबाट मलाई सीट दिने हो कि गठबन्धनमा कुरा गरेर अलग्गै सीट दिलाउने भन्ने जिम्मा प्रचण्डलाई दिएको छु । उहाँले जसरी हुन्छ मलाई दिने हो । मैले माओवादीको चुनाव चिन्ह प्रयोग गरेको हुँ र माओवादीको गठबन्धनमा गएको हुँ ।’

गौतमसँगै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि माओवादीकै चुनाव चिन्हबाट चुनाव लड्ने भएका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्