Logo

सुर्य चिन्ह लिएर गए हार्छुः बामदेव गौतम



काठमाडौं, ३१ साउन । भेट्रान कम्युनिस्ट नेता बामदेव गौतम आज निर्वाचन आयोग पुगे । उनले त्यहाँ पुग्दा सञ्चारकर्मीको प्रश्नमा सुर्य चिन्ह लिएर चुनावमा जाँदा हारिने भएकाले गोलाकारभित्रको हँसिया हथौडा लिन लागेको बताए ।

गौतमले भने,‘म अलिे सूर्य चिन्ह लिएर गएँ भने हार्छु । जित्नका लागि म यसमा आएको छु ।’ उनले गठबन्धन नै चुनाव जित्ने आधार भएको दाबी गरे । गठबन्धन इमान्दारिताका साथ भएमा अरुले जित्ने ठाउँ नभएको बताए ।

चुनावपछि प्रधानमन्त्री को हुने भन्दा बामदेव बिच्किए । उनले २०७४ को चुनावमा प्रधानमन्त्रीको दाबी गरेपछि पराजित भएको विषय उठाउँदै आएका छन् ।

आफू र प्रचण्डबीच माओवादी केन्द्रको चुनाव चिन्ह लिएर जाने सहमति भएपनि स्वतन्त्रको हैसियतमा रहने बताए । त्यसैबारे बुझ्न आयोग पुगेको उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्