Logo

महन्थ देउवा छोडेर अब ओलीतिर, चुनावमा एलायन्स बनाउने !



काठमाडौं, ३१ साउन । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले आगामी मंसिर ४ गतेको निर्वाचनमा एमालेसँग सहकार्य गर्ने भएको छ । लोसपानिकट उच्च स्रोतका अनुसार सरकारमा सहभागी गराउनको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले खासै वास्ता नगरेकोले अध्यक्ष महन्थ ठाकुरले एमालेसँग सहकार्यको प्रस्ताव राखेका छन् ।

यसअघि पनि एमालेसँग नै चुनावमा मिलेर जानेबारे लोसपाका शीर्ष नेताहरु छलफलमा जुटेका थिए । आज भोलिभित्रै चुनावी सहकार्यबारे अध्यक्ष ठाकुर र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति हुने चर्चा चलेको छ । यसअघि लोसपा पनि वर्तमान सत्ता गठबन्धनमै सामेल हुने चर्चा चलेको थियो ।

दुई वटा मन्त्रालय लिएर सरकारमा जानेगरि लोसपाका शीर्ष नेताहरुले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका थिए । तर, गठबन्धनको मुख्य घटक जसपाले लोसपालाई सरकारमा सहभागी गराउने विषयमा गम्भीर विमति राखेको थियो ।

जसपाका अध्यक्ष उपेन्द्र यादवको असहमतिको कारण लोसपाको सत्तारोहण प्रयास असफल भएको छ । योसँगै लोसपाले एमालेसँग सम्माजनक रुपमा चुनावी सहकार्य गर्नेगरि छलफल अघि बढाएको छ । file photo



प्रतिक्रिया दिनुहोस्