Logo

ओलीद्वारा देउवामाथि श्रीमती र साला लगाएर भ्रष्टाचार गरेको आरोप



काठमाडौं, ३१ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवामाथि भ्रष्टाचारको आरोप लगाएका छन् । उनले देउवाले परिवार र आफन्तलाई अघि सारेर भ्रष्टाचार गरिरहेको आरोप लगाएका हुन् ।

‘आफन्त लगाएर भ्रष्टाचार गर्ने अनि यस्तै हो पोलिटिक्स भन्ने ? पोलिटिक्स त्यस्तो हुन्छ ?’ आज राजधानीमा आयोजित युवा महिला र राजनीतिक विषयक विचार गोष्ठीमा देउवातर्फ संकेत गर्दै ओलीले भने,‘श्रीमती, सालाहरु अगाडि सारेर भ्रष्टाचार गरेर, देशलाई दुःख दिएर त्यस्तै हुन्छ पोलिटिक्स ?’

ओलीले करको दर हेरफेर गर्ने र सीसीटीभी गायब पार्ने गतिविधि गरेको आरोप लगाए । सरकारले ढाँटको राजनीति गरेको आरोप लगाए ।

प्रचण्डप्रति संकेत गर्दै छोरीलाई मेयर बनाएको टिप्पणी गरे । उनले भने,‘छोरीलाई मेयर बनाउन मरिहत्ते, मारामार, काटाकाट म यो पनि बेचिदिन्छु, त्यो पनि बेचिदिन्छु, जे पनि गरिदिन्छु, छोरीलाई मेयर बनाएर छाड्छु । म यो पनि बेचिदिन्छु, त्यो पनि बेचिदिन्छु, जे पनि गरिदिन्छु, छोरीलाई मेयर बनाएर छाड्छु । यस्तो पोलिटिक्स गर्नुभयो भने पोलिटिक्स हुँदैन । त्यो पोलिटिक्स होइन । त्यो स्वार्थ हो ।’

स्वतन्त्र उम्मेदवारहरुले राजनीतिमा एक थोपा पसिना नबगाएको टिप्पणी गरे । राजनीतिलाई मनोरञ्जन बनाउन खोजेको ओलीको टिप्पणी थियो ।



प्रतिक्रिया दिनुहोस्