Logo

नागरिकता विधेयक फिर्तामा राष्ट्रपतिको ‘राजनीतिक कदम’



काठमाडौं, भदौ १ । सत्तारूढ गठबन्धनले नागरिकता विधेयक फिर्ता गर्नु राष्ट्रपतिको ‘राजनीतिक कदम’ भएको निष्कर्ष निकालेको छ । सत्तारूढ पाँच दलीय गठबन्धनको मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रपतिको कदमलाई ‘राजनीतिक कदम’ भनेको हो ।

संसद्को दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि गएको नागरिकता विधेयक राष्ट्रपतिबाट गत आइतबार साँझ १५ बुँदे सुझावसहित फिर्ता भएको थियो । गठबन्धन बैठकले ‘राष्ट्रपतिबाट फिर्ता विधेयक फेरि जस्ताको तस्तै प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने’ निर्णयसमेत गरेको छ ।

गठबन्धन प्रमुख घटक नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक जस्ताको तस्तै संघीय संसद्बाट पास गरेर राष्ट्रपतिसमक्ष पठाउने निर्णय भएको’ जानकारी दिएका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्