Logo

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं, भदौ १ । नेकपा (माओवादी केन्द्र)को आजको स्थायी कमिटी बैठक अहिले बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय भएको छ ।

आजको बैठकमा बैठकमा आसन्न मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनको तयारी, पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफल हुने भएको छ । आज बैठकमा सत्ता गठबन्धनमा सिट बाँडफाँट देखिएको सकसका बारेमा पनि छलफल हुने भएको छ ।

यसअघि मंगलबार बसकेको बैठकले नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम र नेपाल समाजवादी पार्टी संयुक्तका अध्यक्ष डा बाबुराम भट्टराई आसन्न निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन लडने दिने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्