Logo

महाभियोग समितिको बैठक बस्दै, यस्ता छन छलफलका अजेन्डा



काठमाडौं, भदौ १ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाभियोग प्रस्तावमाथि महाभियोग सिफारिस समितिमा आजदेखि छलफल सुरु हुने भएको छ।

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको पहिलो बैठक आज साढे ११ बजेका लागि बोलाइएको छ। आजको बैठकमा सभापतिको निर्वाचन, समितिको कार्यविधिलगायतका अजेन्डामा छलफल हुने बताए। उनले बुधबारदेखि तीन महिनासम्मको कार्यवधि सुरु हुने जनाइएको छ ।

महाभियोग सिफारिस समितिको पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्यबाट गरिने भएकाले कांग्रेसका रामबहादुर विष्टलाई बैठकको अध्यक्षता गर्ने जिम्मा दिइकोछ। समितिको पहिलो बैठक बसेको ७ दिनभित्र महाभियोग लागेका प्रधानन्याधीश जबराविरुद्ध सफाइ प्रस्तुत गर्न बोलाउनुपर्ने व्यवस्था छ।

जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले फागुन १ गते ९८ सांसदको हस्ताक्षर सहित प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए। महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका छन्।

प्रधानन्यायाधीश जबरामाथि सर्वोच्च अदालत र न्यायालयभित्रै अतिशय विकृति(विसंगति तथा भ्रष्टाचार तथा बिचौलियाहरूले प्रवेश पाएको र विकृति बढाउँदै लगेको आरोप लगाइएको छ।

गत साउन २२ गतेको प्रतिनिधिसभा बैठकले जबराविरुद्धको महाभियोगलाई सिफारिस समितिमा पठाएको थियो।



प्रतिक्रिया दिनुहोस्