Logo

वैशाखयता ७० दिन पूर्ण बन्द



काठमाडौं, भदौ १ । लगातार बन्द , केही दिनको वर्षा र बाटो मर्मत गर्ने घटनाबाहेक चार महिनामा ७० दिन फोहोर विसर्जनमा अवरोध भएको छ । स्थानीयले विभिन्न माग राख्दै आन्दोलन गरेपछि वैशाखयता ७० दिन फोहोर विसर्जन बन्द भएको छ । बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन शुरू गरेदेखि नै पटकपटक बन्द भएको छ ।

स्थानीयको माग र संघर्ष समितिको लामो समय सम्मको संघर्षको कारण करिब ७० दिन फोहोर व्यवस्थापन बन्द भएको कामपाले जनाएको छ ।

दिनबाहेक करिब १५ दिनजति कहिले बाख्रा किचेर त कहिले बाटोमा धुलो उडेर, कहिले वर्षात्को पानीले घर जलमग्न भएको भन्दै ७० फोहोर विसर्जनमा अवरोध खडा भएको कामपा वातावरण तथा कृषि विभाग प्रमुख सरिता राईले बताए ।

उनका अनुसार त्यसबाहेक पनि स्थानीयको विभिन्न माग र शहरी विकास तथा भवन निर्माण विभागले बाटो निर्माण गर्दा १० दिनजति अवरोध भएको थियो ।स्थानीयको अवरोधको कारण हिजो मंगलबार पनि फोहोर विसर्जन हुन पाएन । स्थानीयले ढुंगामुढा गर्दै गुलेली प्रहार गर्न थालेपछि अवरोध भएको थियो । बल प्रयोग गरेर फोहोर खसाल्ने प्रयत्न गर्दा समेत सफल हुन नसकेपछि प्रहरीले हवाई फायर गरेको थियो ।

वातावरण विभाग प्रमुख राईका अनुसार साउन महिनामा १७ गतेदेखि हिजोसम्म १४ दिन पूर्ण रुपमा अवरोध भएको छ भने त्यसअघि असार ४ देखि १५ सम्म, जेठमा १० देखि २६ गतेसम्म र वैशाखमा १० देखि २५ गतेसम्म फोहोर व्यवस्थापनमा पूर्ण रूपमा अवरोध भएको थियो । त्यसबाहेक असारमा लगातार वर्षाको कारण दुई साताजति फोहोर विसर्जन हुन नसकेको विभागको भनाइ छ ।

कामपाले दैनिक करिब ३ सय ट्रक फोहोर खसाल्ने गरेको थियो । चार महिनाको अवधिमा केही दिनबाहेक दैनिक करिब १ सय ५० ट्रक फोहोर मात्र विसर्जन गर्न सकिएको कामपा ल्याण्डफिल साइटका इन्जिनियर सरकारदीप श्रेष्ठले बताए ।

राजधानीलगायत १७ स्थानीय तहको फोहोर व्यवस्थापन हुन नसक्दा अधिकांश स्थानीय तह पूर्ण रुपमा दुर्गन्धित भएको छ । काठमाडौं महानगरपालिकाको सबै सडकमा फोहोरको डंगुर थुप्रिएको छ । ललितपुरले भित्री शहरको मल सुन्दरीघाट नजिक मल पोखरी क्षेत्रमा फ्याँकिरहेको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्