Logo

गठबन्धन कार्यदलको बैठक बस्दै, सिट बाँडफाँटबारे छलफल हुने



काठमाडौं, भदौ १ । निर्वाचनको सीट बाँडफाँटका लागि गठित सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने तय भएको आजको बैठकले सिट बाँडफाँटबारे ठोस निर्णय लिने तयारी गरेको छ ।

यसअघि सोमबार बसेको कार्यदलको बैठकलेसत्ता गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्दा २०७४ सालको निर्वाचनमा दलहरुले पाएको समानुपातिक मत र हालै सम्पन्न स्थानीय चुनावको मतलाई आधार बनाउने निर्णय गरेको थियो ।बताइएपनि सम्भावना न्यून रहेको एक नेताले बताए ।

गत आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले कार्यदललाई प्रतिवेदन तयार पार्न निर्देशन दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्