Logo

एमाले हारे राष्ट्रवाद र समाजवाद हार्छः उपाध्यक्ष ज्ञवाली



नेपालगञ्ज, भदो १ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आगामी निर्वाचनमा एमाले पराजित हुँदा राष्ट्रवाद र समाजवाद नै पराजित हुने बताएका छन् ।

एमाले बाँके जिल्ला कमिटीको आयोजनामा मंगलबार खजुरामा आयोजित कार्यकर्ता प्रशिक्षणमा बोल्दै उपाध्यक्ष ज्ञवालीले भने, ‘कम्युनिष्ट पार्टीको बर्को ओढेर कांग्रेस जिताउन आउनेहरूलाई जनताले विश्वास गर्ने छैनन् ।’

कार्यक्रममा पार्टीका सचिव तथा लुम्विनी प्रदेश कमिटीका इन्चार्ज छबिलाल विश्वकर्माले कार्यकर्ताको शक्तिको बलमा नेकपा एमाले अहिलेसम्म टिक्न सकेको भन्दै एमाले र यसको नेतृत्वप्रति जन विश्वास कायम रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्