Logo

जसपाको बैठक आज बस्दै, यस्ता छन् एजेण्डा



काठमाडौं, १ भदौ । जनता समाजवादी पार्टीको केन्द्रीय राजनीतिक समितिको बैठक आज बस्दैछ । पार्टीको समितिको बैठक ललितपुरको बालकुमाराीमा आज र भोलि बस्ने बस्ने जनाइएको छ ।

बैठकमा पार्टीको सांगठनिक गतिविधि र चुनावी रणनीतिसम्बन्धमा छलफल गर्ने र निर्णय लिने कार्यसुची रहेको छ। त्यस्तै, संगठन विभाग, प्रचार विभागलगायतका महत्वपुर्ण विभागहरु गठन गर्नेछ ।

त्यस्तै, दुई दिने बैठकले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको तयारी, गठबन्धन दलभित्र सीट संख्या बिभाजन र उम्मेदवारहरुको मापदण्ड निर्धारणलगायतका बैठकका एजेण्डाहरु रहेका छन् ।

पार्टीको विधानअनुसार ४९९ सदस्यीय केन्द्रीय समितिको व्यवस्था भए पनि हाल ४६६ जनाको केन्द्रीय समिति रहेको छ ।
आजको बैठकमा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष अशोक राई र केन्द्रीय कार्यकारिणी सदस्यहरु पनि उपस्थित रहने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्