Logo

प्रेम उता घरजम यता हुन्न, झापामै उम्मेदवार हुन्छुः कांग्रेस महामन्त्री शर्मा



काठमाडौं, भदौ १ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाट चुनाव लड्ने घोषणा गरेका छन् । बुधबार सामाजिक संजालमार्फत महामन्त्री शर्माले आफू झापाबाटै चुनाव लड्ने घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न ।’

२०७४ सालको निर्वाचनमा शर्मा झापा क्षेत्र नम्बर १ बाट चुनाव लडेका थिए । तर उनी नेकपा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्