Logo

ओली भोलि झापा जाने



काठमाडौं, १ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापा जाने भएका छन् । चुनावी दौडाहको लागि ओली झापा
जान लागेका हुन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा ओली झापाबाट चुनाव लड्दैछन् । ओलीलाई हराउनको लागि सत्ता गठबन्धन कम्मर कसेर लाग्ने भएको छ।

चुनाव घोषणा भएसँगै ओलीले गृहजिल्लाको भ्रमणलाई बाक्लो बनाएका छन् । ओली भोलि झापा जाने भएका छन् । यसअघि उनले गत साउनमा पनि झापाको भ्रमण गरेका थिए । यसपकको झापा बसाई भने उनले चुनावकेन्द्रित बनाउने भएका छन् । भोलि झापा ओर्लनेबित्तिकै उनले पार्टीको झापा जिल्ला ३ नम्बर क्षेत्रस्तरीय कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

त्यसपछि आफ्नै निर्वाचन क्षेत्रका विभिन्न भेटघाट तथा भेलाहरूमा सहभागी हुने उनको सचिवालयले जनाएको छ । यसअघिको झापा भ्रमणमा उनले एमालेलाई देशव्यापी रुपमा हार्ने छुट नभएको भन्दै जित्नेगरि चुनावको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका थिए ।

झापामा सत्ता गठबन्धन भर्सेस एमाले चुनावी मैदानमा उत्रिँदा एमालेलाई चुनाव जित्न सकस नै हुने चर्चा चलेको छ । राप्रपाले पनि झापामा एमालेभन्दा सत्ता गठबन्धनसँग सहकार्य गर्न खोजेको अर्को चर्चा छ । file photo



प्रतिक्रिया दिनुहोस्