Logo

सुदेश पराजुलीलाई काठमाडौं-५ बाट उठाउने माधव नेपालको तयारी



काठमाडौं, १ भदौ । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि दलहरुले आ आफ्नो तयारी थालेका छन् । सत्ता गठबन्धनले प्रत्यक्षतर्फको १६५ सिटमा बाँडफाँडको टुँगो लगाउँदैछ । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार कांग्रेसले ९०, माओवादी केन्द्रले ४०, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले १८, उपेन्द्र यादवको जसपाले १६ र जनमोर्चाले १ सिटको भागबण्डा भएको छ ।

माधव नेपालले काठमाडौं क्षेत्र नम्बर २ छोडेर रौतहटबाट चुनाव लड्ने तयारी गरेका छन् । उनी पछिल्लो समय रौतहटमा केन्द्रित भएका छन् । उनले काठमाडौंमा रहेका १० क्षेत्रमध्ये २ क्षेत्रमा दाबी गरेका छन् । उनले काठमाडौंको ५ र ८ मा दाबी गरेको चर्चा छ । यसपटक उनले पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीलाई काठमाडौं क्षेत्र नम्बर ५ मा अघि साने तयारी गरेका छन् । विद्यार्थी राजनीतिमा सक्रिय पराजुलीलाई अध्यक्ष नेपालले संसदीय चुनावको तयारी थाल्न भनेको चर्चा छ ।

गठबन्धनले माधव नेपालको दललाई यो क्षेत्र दिने सहमति गरे युवा नेता पराजुली नै उम्मेद्धवार हुने पक्कापक्की भएको छ । कांग्रेसबाट भने यो क्षेत्रमा केन्द्रीय सदस्य प्रदीप पौडेल र नैनसिंह महरको नाम चर्चामा छ । यो क्षेत्रमा ०७४ को निर्वाचनमा डा. प्रकाशशरण महत चुनाव लडेका थिए । उनी एमाले नेता ईश्वर पोखरेलसँग पराजित भएका थिए । file photo



प्रतिक्रिया दिनुहोस्