Logo

नेपाल साँस्कृतिक कला मन्दिरको आयोजनामा हुने लाखें नाच भदौ दोस्रो सातादेखि



काठमाडौं १ भदौ । नेपाल साँस्कृतिक कला मन्दिरको आयोजनामा हुने लाखें नाच भाद्र दोस्रो सातादेखि सुरु हुने भएको छ । युवाहरुलाई मौलिक कला संस्कृति र पहिचानको बारेमा प्रत्यक्ष अनुभव गराउने उदेश्यले चन्द्रागीरी ९, मच्छेगाउँमा लाखें नाचको आयोजना कलामन्दिरले वर्षौदेखि गर्दै आएको छ ।

नेपालको मौलिक धर्म संस्कृति परम्परा सम्वद्र्धन र संरक्षणका लागि बिभिन्न संस्था समुहलागि पर्दै आइरकेका छन् । यस विषयमा बिशेष गरि युवा पुस्तालाई अनिवार्यरुपमा देशको संस्कृति, मौलिकता, नैतिकता र राष्ट्रियताको महत्वबारे जानकारी गराउनु पर्ने जिम्मेवारी सचेत नागरिक सबैको हुन आउँछ ।

आयातित संस्कार र संस्कृतिमा रमाइरहेका युवा जमातलाई आफ्नो मौलिककला संस्कृति र पहिचानको बारेमाअवगत गराउने मात्रहोईन उनिहरुलाई प्रत्यक्ष अनुभव गराउने उदेश्यले स्थानीयस्थरमै भए पनि वार्षिक रुपमा चन्द्रागीरी ९, मच्छेगाउँमा लाखें नाचको आयोजना गर्दै आईरहेका युवा ब्यक्तित्व हुन् रमेश शाही । शाही नेपाल साँस्कृतिक कला मन्दिरका संस्थापक अध्यक्ष हुन् ।
लाखें नाचमा देशैभरिका नेवार समुदायबाट प्रदर्शनको लागि लाखें ल्याउने गरेको र उत्कृष्ट समुहलाई पुरस्कृत समेत गरिदै आएको उनको भनाई छ ।

लाखें नाचका लागि मुख्य प्रायोजक नेपाल आईस बियर, बिशेष सहयोगी चन्द्रगीरि नगरपालिका, सहप्रायोजकहरुमा साबित्री कञ्चनजंगा अगरबत्ति, बिबिध कन्सलटेन्सि प्रालि, ओम ग्लास ट्रेडर्स, चन्द्रगीरि हिल्स प्रालि रहेका छन् । लाखें नाच कार्यक्रममा कलाकार, पत्रकार लगायतका बिभिन्न बिद्याका ब्यक्तित्वहरुलाई सम्मान गरिदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्