Logo

माओवादीसँग एकता गर्न संयोजन समिति बनाउने माधव नेपालको तयारी



काठमाडौं, १ भदौ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच एकताको लागि तयारी थालिएको छ । सुरुमा दुवै दलले पार्टी एकता संयोजन समिति गठन गर्ने भएका छन् । हिजोमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि एकता गर्नेगरि तयारी थालिएको र सुरुमा एकता संयोजन समिति बन्ने दाबी गरेका थिए ।

सोहीअनुसार एकीकृत समाजवादीले पनि एकता संयोजन समिति बनाउने निर्णय गरेको छ । चुनावअघि नै दुवै दल एकताको लागि गृहकार्यमा जुटिसकेका थिए । तर, समय अभावको कारण चुनावअघि दुई दलबीच एकता नहुने भएको छ । चुनावलगत्तै एकता गर्नेगरि संयोजन समितिले काम थाल्ने बताईएको छ।

अहिले माओवादी केन्द्र, नेकपा (एस), जसपा र बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबीच एकता गरेर समाजवादी केन्द्र बनाउनेबारे छलफलपनि चलेको छ । यसको लागि यी दलका नेतृत्वबीच पटक पटक छलफलसमेत भैसकेको छ ।

अहिले बाबुराम र वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनाव लड्ने भएका छन् । प्रचण्डले जतिसक्दो चाँडो समाजवादी केन्द्र बनाउनेगरि आफूहरु छलफलमा जुटेको र छिट्टै निश्कर्षमा पुगिने जानकारी दिएका छन् । file photo

चुनावअघि नै पार्टी एकताको लागि प्रचण्डलाई माधव नेपालको प्रस्ताव, एउटै चिन्हबाट लड्ने !

 



प्रतिक्रिया दिनुहोस्