Logo

“लोसपा कांग्रेस र एमाले दुवै गठबन्धनमा नरहने भयो”



काठमाडौं, २ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता केशव झाले आफ्नो दल एक्लै चुनावमा जानुपर्ने अवस्था सिर्जना भएको बताएका छन् ।
“लोसपा अहिलेसम्म कुनै गठबन्धनमा छैन । लोकतान्त्रिक गठबन्धनमा जाने भनेर बसेका हौं । प्रधनमन्त्रीले टुंग्याउने भने पनि केही प्रगति भएको छैन । हामीलाई इन्गेज गरेर मात्र राखेको देखियो । गठबन्धनसँग पनि सहकार्य नहुने भयो । नागरिकता विधेयकमा एमाले पनि टाढा पुगेको देखियो । अनापसनाप वक्तव्यवाजी आइरहेको छ । प्रतिकूल परिस्थितिमा एमालेसँग सहकार्य गरेर जाने वातावरण छैन,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता झाले भने ।
आफ्नो दल एक्लै लड्न पनि तयार भएको झाको जिकिर छ । उनले भने, “स्थानीय तहमा पनि हामी कुनै गठबन्धनमा गएनौं । हामीले त गठबन्धन नगरौं, एक्लाएक्लै उठौं भनेकै हौं । आखिर समानुपातिकमा एक्लैलाई भोट माग्ने हो । विचार नमिल्ने दलहरुबीच गठबन्धन गरेर जानु आवश्यक छैन ।” लोसपा नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीसँग सहकार्य गर्न तयार भएको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्