Logo

राजमोले प्यूठान र बाग्लुङ छाड्दैन, आइतबारसम्म सिटको टुंगो लाग्छः हिमलाल पुरी



काठमाडौं, २ भदौ । राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले गठबन्धनको औचित्य र आवश्यकताबारे विज्ञप्ति जारी गरी आइतबारसम्म सिटको टुंगो लगाउने बताएका छन् ।
“गठबन्धनको कार्यदल संयोजकले हिजो सिटको खाका प्रस्तुत गर्ने भन्नुभएको थियो । तयारी नपुगेकाले अर्को बैठकमा प्रस्तुत गर्छु भन्नुभएको छ । अहिले गठबन्धनको औचित्य, सिट बाँडफाँटको आधारका बारेमा काम भइरहेको छ । समयको चाप छ । सिट मात्र बाँडेर भएन, ठाउँ पनि यकिन गर्नुपर्ने भएकाले समय लाग्नु स्वाभाविक हुन्छ,} नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै कार्यदलका सदस्य समेत रहेका नेता पुरीले भने ।
कार्यदलको बैठकमा माओवादी केन्द्रले ६० सिटको दाबी गरेको हो भन्ने धमलाको प्रश्नमा उनले भने, “वान टु वान वार्तामा भनेको भए थाहा छैन । तर कार्यदलको बैठकमा कसैले त्यस्तो दाबी प्रस्तुत गरेको छैन । हामीले पनि यति संख्यामा भनेका छैनौं । पहिले जजसले जहाँ जितेको छ, त्यहाँ कायम हुनुपर्छ भन्ने मत छ ।”
प्यूठान र बाग्लुङको प्रतिनिधिसभा सिटमा राजमोले दाबी गर्ने पनि नेता पुरीले स्पष्ट पारे । उनले भने, “हामीले अनुचित बार्गेनिङ र माग गर्ने कुरा छैन । हामी संगठनको आधार भएको ठाउँमा माग गर्छाैं । त्यसभन्दा बाहिर जाँदा जित्न गाह्रो हुन्छ । पहिले हामीले प्यूठानमा जितेका हौं । पहिले जितेका ठाउँमा सम्बन्धित दललाई नै दिने भनेपछि त्यो राजमोकै भागमा पर्छ । प्यूठान र बाग्लुङको प्रतिनिधिसभा सिटमा हाम्रो दाबी छ ।”



प्रतिक्रिया दिनुहोस्