Logo

कुरामा हामी क्रान्तिकारी, व्यवहारमा फिटिक्कै छैनौः प्रचण्ड



काठमाडौं, भदौ २ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी अहिले आएर धेरै बिग्रेको बताएका छन्। रामवृक्ष यादवको २८ औं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले उक्त भनाई राखेका हुन्।

रामवृक्षको समयमा जस्तो अहिले माओवादी पार्टी नरहेको उनको भनाई थियो। उनले भने, ‘देशमा धेरै परिवर्तन आयो। हाम्रो साथीहरुको त्याग सम्झँदा अहिले हाम्रो पार्टी त्यस्तो छैन। हामी धेरै नै बिग्रेको छ। रामवृक्ष यादवको फोटो अगाडि उभिएर बोल्दा हामी अलि बिग्रेकै छौ भन्नेबाट नै शुरु गर्नुपर्छ। हामी हिजोजस्तो क्रान्तिकारी छैनौ। हामी व्यक्तिवादी भएका छौं। स्वार्थी भएका छौं। आज अलि व्यक्तिवादी हुन थालेका छौ। हामी सामूहिक भन्दा स्वार्थ समूह बनाउनतिर उद्धत हुन थालेका छौं।’

माओवादी केन्द्रले समाजवादको यात्रा जारी राखेको बताउँदै उनले माओवादी विचार र सिद्धान्तमा नम्बर वान पार्टी रहेको उनको दाबी छ । पछिल्लो महाधिवेशनले पार्टीको क्रान्तिकारी सिद्धान्तलाई समाउन खोजेको समेत दाहालले बताए। यसले पार्टीको वर्गचरित्रमा नराम्रोसँग स्खलन आएको उनको भनाई छ।

फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्