Logo

प्रचण्ड, माधव नेपाल, बाबुराम र बामदेवको एउटै चुनाव चिन्ह के होला



काठमाडौं, २ भाद्र । सत्ता गठबन्धनभित्रका वामपन्थी दलहरु एकजुट हुन लागेका छन् । प्रचण्ड र बामदेव गौतम एउटै चिन्हमा चुनाव लड्ने सहमति बनिसकेको छ । कम्युनिस्ट सिद्धान्त त्यागेका डा. बाबुराम भट्टराई पनि प्रचण्डसँग एउटै चुनाव चिन्हमा जाने सहमति गरिसकेका छन् ।

प्रचण्डले माधव नेपालसँग पनि एउटै चुनाव चिन्हमा जाने प्रक्रिया बढाइसकेका छन् । यसका लागि दुवै दलबीच वार्ता अगाडि बढेको छ ।

घटनाक्रमलाई दृष्टिगत गर्दा प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई र वामदेव गौतम एउटै चिन्हमा चुनाव जाने सम्भावना बढेको छ ।

चुनाव चिन्हमा गएमा माओवादीको गोलाकारभित्रको हँसिया हथौडा हुने या अर्को चिन्ह हुने चासो बनेको छ । बाबुरामको दलको आँखा चिन्ह या माधव नेपालको चुनाव चिन्ह कलममा पनि जाने सम्भावना रहन्छ । समाजवादी केन्द्र बनाउने अभियानका साथ बढेका माधव नेपालको दल नेकपा एसको चिन्ह कलममा सहमति बन्ने सम्भावना पनि रहन्छ ।



प्रतिक्रिया दिनुहोस्