Logo

गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा भट्टराई नियुक्त



काठमाडौं, २ भदौ । गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई नियुक्त भएका छन् ।

क्यापिटलको गत श्रावण २९ गते बसेको संचालक समितिको ५२औं बैठकले भाद्र ०१ गते देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

भारतबाट चाटर्ड एकाउन्टेन्सी (सीए) गरेका भट्टराईले यसै संस्थाको स्थापनाकाल देखि नै विभिन्न ओहदामा रहेर कार्यसम्पादन गर्दै आएका छन् ।

यस अघि उनी गरिमा क्यापिटल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यभार सम्हाल्दै आउनु थिए ।

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य  ( डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएकोमा अब निकट भविष्यमा नै आवश्यक अनुमतिपत्र प्राप्त गरी मर्चेन्ट बैंकरले प्रदान गर्न सक्ने अन्य सम्पूर्ण सेवाहरु, धितोपत्र प्रत्याभूति, शेयर रजिष्टे«शन, संस्थागत परामर्श, सामूहिक लगानी कोष , प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड , हेज फण्ड लगायत अन्य फण्डहरुको व्यवस्थापन सम्बन्धी सेवाहरु) प्रदान गर्नेछ ।

गरिमा क्यापिटल लिमिटेडका सेवाहरु ग्राहक समक्ष पु¥याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुँदै आएको छ । यस संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्