Logo

नागरिकता विधेयक पुनर्विचारका लागि विषयगत समितिमा पठाउन माग



काठमाडौं, २ भदौ । नागरिकता विधेयक पुनर्विचारका लागि विषयगत समितिमा पठाउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले माग गरेको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी एमालेका नेताहरुले नागरिकता विधेयक विषयगत समितिमा पठाउनुपर्ने अडान लिएका हुन् ।

बैठकमा एमालेको तर्फबाट प्रमुख सचेतक विशाल भट्टराई, नेताहरु कृष्णभक्त पोखरेल र शेरबहादुर तामाङलगायतको उपस्थिति थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न संसदमा फिर्ता पठाएको विधेयकलाई राजनीतिक दृष्टिले हेर्न नुहने उनीहरुको तर्क छ ।



प्रतिक्रिया दिनुहोस्