Logo

संसदबाट आजै नागरिकता विधेयक पारित गर्ने कार्यसुची



काठमाडौं, २ भदौ । आज बस्ने संसद बैठकले नागरिकता विधेयक आजै पारित गर्ने भएको छ । संसद सचिवालयले जारी गरेको कार्यसुचीमा नागरिकता विधेयक पारित गर्ने उल्लेख गरिएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भनी प्रस्ताव गर्ने अन्तिम कार्यसुची रहेको छ ।



प्रतिक्रिया दिनुहोस्