Logo

सेवालाई छिटो र प्रभावकारी बनाउँदै आन्तरिक राजस्व कार्यालय कलंकी



काठमाडौँ २ भदौ । सरकारी सेवा प्रदान गर्ने कार्यालयहरु निकै लापरवाह र सेवाग्राही मैत्री नभएको विभिन्न गुनासोहरु विगतमा हामीले सुन्दै आएका छौँ । सोही भनाइलाई मध्यनजर गरि आन्तरिक राजस्व कार्यालय कलंकीले आफ्नो गुणस्तर सुधार गर्दै छिटो र प्रभावकारी सेवा प्रदान गरिरहेको छ । राजस्व कार्यालयका कम्प्यूटर अफिसर महेश गौतमले कार्यालयमा आउने गरेका सम्पूर्ण सेवाग्राहीलाई छिटो र प्रभावकारी सेवा प्रदान गरिरहेको बताएको हो ।

यस कार्यालयमा आउने सम्पूर्ण सेवाग्राहीहरुलाई छिटो र प्रभावकारी ढंगले सेवा प्रदान गरिरहेको उनले बताएका छन्। दिनहुँ सो कार्यालयमा स्थायी लेखा नम्बर (प्यान) लिने आउने सेवाग्राहीको संख्या करिब ६० देखि ८० सम्म रहेको उनले बताए।

उनले भने,‘हामीले यस कार्यालयबाट सेवाग्राहीको काम छिटो र प्रभावकारी ढंगबाट गरिरहेका छौँ । यस कार्यालयबाट दिनहुँ जसो ६० देखि ८० जना सेवाग्राहीले स्थायी लेखा नम्बर (प्यान) लिने गरेको छ । प्यान नम्बर लिन आउनेले निशुल्क रुपमा सेवा पाइरहेका छन् ।’

निशुल्क रुपमा अनलाईनमार्फत् व्यक्तिगत विवरण भरेर आफ्नो प्यान नम्बर लिन सक्ने प्रावधान रहेको उनले बताए । व्यक्तिगत विवरण भर्नका लागि केही व्यक्तले अतिरिक्त रकम असुल्न प्रयास समेत गरिरहेको कारण यसबाट सचेत हुन समेत उनले अनुरोध गरे ।

उनले भने,‘व्यक्तिगत विवरण भरिदिन्छु भनेर पैसा असुल्ने काम पनि भइरहेको हामीले सेवाग्राहीबाट थाहाँ पायौँ । यसबाट सेवाग्राहीहरु सचेत हुन जरुरी छ । हाम्रो आफ्नै अनलाईन पोर्टल छ । त्यसमा गएर सेवाग्राहीले निशुल्क रुपमा आफ्नो विवरण भर्न सक्ने छन् । जेष्ठ र अशिक्षित नागरिकको खण्डमा हामीले नै कार्यालयमा हेल्प डेस्कको व्यवस्था गरेका छौँ । सेवाग्राहीले आफ्नो विवरण भर्ने बेलामा कसैलाई पनि रकम दिन आवश्यक छैन् ।’
उक्त कार्यालयमा कामको चाप अधिक रहेको कारण यस कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरु समय मै आउने गरेको उनले स्पष्ट पारे । साथै, कोरोना महामारीले पुनः गति लिइरहेको अवस्थामा सेवाग्राहीलाई अनिवार्य मास्क लगाएर कार्यालयमा आउन समेत उनले आग्रह अुनरोध गरे।
त्यस्तै, सोही कार्यालयमा कार्यरत कर अधिकृत प्रतिभा आचार्यले यस कार्यालयमा दिनहुँ जसो दुई सयको हाराहारीमा सेवाग्राहीहरु आउन गरेको बताइन्। विजी महिनामा अर्थात् मसान्तमा भने सो संख्या दोब्बर हुने गरेको उनले बताए।

उनले भने,‘यस कार्यालयमा दुई सयको हाराहारीमा सेवाग्राहीहरु आउने गरेका छन् । विजी महिना अर्थात् मसान्तमा, जस्तै गत साउनमा भने सो संख्या दोब्बर भएको थियो । त्यसपश्चात पनि हामीले सेवाग्राहीलाई छिटो सेवा प्रदान गरिरहेका छौँ ।’

राजस्व कार्यालय कलंकी र गल्छी सेवा कार्यालयसँग आवद्ध रहेर काम गरिरहेको उनले बताए । र, दुवै कार्यालय कुल हिसाव जोड्दा गत वर्ष ५ अर्ब २७ करोड राजस्व संकलन गरेको उनले बताए । तर, अहिले भने गल्छी सेवा कार्यालय र हाम्रो कार्यालय छुट्टिएको र यस वर्षको हाम्रो कार्यालयको लक्ष्य ४ अर्ब ९९ करोड रहेको उनले स्पष्ट पारे ।

उनले भने,‘हाम्रो कार्यालय गल्छी सेवा कार्यालयसँग पनि आवद्ध थियो । एउटै थियो । गल्छीको सँगै जोड्न हाम्रो कुल रकम ५ अर्ब २७ करोड उठेको हो । अहिले टुक्राइदिएको छ । अब दुवै कार्यालय छुट्टा–छुट्टै काम गर्छ । अब हाम्रो लक्ष्य भनेको ४ अर्ब ९९ करोड रहेको छ । त्यसमा कति उठ्छ भन्ने हामीले अहिल्यै अनुमान गर्न सक्दैनौँ । यो आर्थिक वर्षको अन्त्य तिर सहि अँक आउँछ ।’

राजस्व कार्यालय कंलकीले का.म.ना.पा. वडा नम्बर १५, नागार्जुन नगरपालिका र चन्द्रगिरि नगरपालिका, धादिङ र नुवाकोटको समेत राजस्व हेर्ने गरेको उनले बताए । नुवाकोट र धादिङमा कर बुझाउनका लागि हाम्रो कार्यालय गल्छीमा पनि रहेको उनले बताए ।

त्यस्तै, कार्यालयका सुचना तथा कर अधिकृत साजन गमालले सेवाग्राहीका लागि आफूहरुले हेल्प डेस्क समेत रोखेको बताए । साथै, जेष्ठ र अशिक्षित नागरिकका लागि आफूहरुले इन्ट्री सहज गर्न सेवा शाखामा कम्पूटरको व्यवस्था पनि गरेको प्रष्ट्याए ।

उनले भने,‘सेवा दिने सम्बन्धमा भन्नुपर्दा सेवाग्राही र करदाताहरुका लागि हामीले हेल्प डेस्क पनि राखेका छौँ । सिस्टम अहिले फूल्ली कम्प्यूटराइज भएको छ । त्यसमा इन्ट्री गर्नका लागि कतिपयले कम्पूटर खरिद नगर्न सक्ने वा अशिक्षित वर्गका लागि हामीले सेवा शाखामा कम्पूटरको समेत व्यवस्था गरेका छौँ । सेवा अहिले पूर्ण रुपमा कम्प्यूटराइज प्रणालीमा छ । स्थायी लेखा नम्बर (प्यान) लिनका लागि करदाता वा सेवाग्राहीले आफैले विवरण भरेर आउने हो । तैपनि कतिपय जेष्ठ नागरिक वा कोहीले नजानेको खण्डमा हाम्रो कार्यालयमा कम्प्यूटर अपरेटरहरु छन् । उनीहरुले भरदिन्छन् । त्यसरि हामीले सेवा प्रवाह गरिरहेका छौँ ।’

यस कार्यालय अगाडी पार्किङको समेत निकै समस्या रहेको कारण बारम्बार गुनासो आइरहेको उनले बताए । त्यस्तै यस कार्यालयमा लिफ्टको समेत समस्या रहेको र बृद्ध–बृद्धालाई माथि आउन कठिन रहेको उनले बताए ।

कार्यालय रहेको भवनमा अन्डरग्राउन्ड पार्किङको व्यवस्था पनि नरहेको कारण केही करदाता वा सेवाग्राहीले गुनासो पोखेको उनले बताए । यस विषयमा चिन्तन गरेर आफूहरु छिट्टै नयाँ भवनमा स्थानानतरण हुने उनले बताए ।

उनले भने,‘धेरै अगाडी देखि कै यो समस्या हो । यस भवन अगाडी पार्किङको समस्या छ । यस विषयमा बारम्बार गुनासो आइरहेको छ । कोही गाडी, कोही बाइकमा सेवाग्राहीहरु आउने गरेका छन् । उनीहरुले यस विषयमा गुनासो गर्ने गर्छन् । साथै, यस भवनमा लिफ्टको समेत व्यवस्था नरहेको कारण बृद्ध–बृद्धाहरुलाई कार्यालयमा आउन कठिन भएको छ । पुरोना भवन भएर होला यहाँ न त अन्डर ग्राउन्ड पार्किङको व्यवस्था छ न त छुट्टै पार्किङको व्यवस्था छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot