Logo

काँग्रेसलाई तराईका २० जिल्लामा बढी भर



काठमाडौं, २ भाद्र । नेपाली काँग्रेसले २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धक्का खाएको तराईका जिल्लाहरुमा हो । उसले आधार क्षेत्र मानेको तराईका जिल्लाहरुमा धक्का खान पुगेको थियो । यसपटक भने काँग्रेसले तराईका जिल्लाहरुमा बढी आशा राखेको छ ।

२०७४ को चुनावमा काँग्रेसले २३ सिट जित्दा काठमाडौंबाट मात्र ४ सिट जितेको थियो । पहाडी जिल्लाहरुमा रसुवा, र डडेलधुराबाट मात्र चुनाव जित्यो । बाँकी सबै सिट तराईका जिल्लाहरुबाट नै जितेको थियो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तालमेल हुनु, मधेशवादी दलहरु पनि एकजुट हुनुले काँग्रेसलाइ धक्का लागेको थियो । यसपटक माओवादी काँग्रेससँगको गठबन्धनमा छ । एमाले पनि फुटेको छ । मधेशवादी दलहरु पनि अलग भई गठबन्धन नगर्ने गरी प्रस्तुत भइरहेका छन् । यसको फाइदा काँग्रेसलाई पुग्न सक्छ ।

विशेषगरी तराईको झापादेखि कञ्चनपुरसम्म काँग्रेसको पल्लाभारी हुनसक्छ । सुनसरी, मोरङ, सिराहा, सप्तरी, धनुषा, बारा, पर्सा, रौतहट, नवलपरासी, कपिलवस्तु, बाँके जस्ता जिल्लाहरुमा काँग्रेसको चुनावी प्रदर्शन बलियो हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्