Logo

पदाधिकारी टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं, भदौ ३। नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ८ः ३० मा बस्नेछ ।

यसअघि पदाधिकारीलाई अन्तिम रूप दिने भन्दै माओवादीले विहिबार विहान नौ बजे बालाएको बैठक सारेर साँझ ६ बजेका तय गरेको थियो । तर, नेताहरुको कार्य व्यस्तता र संसद् बैठक लम्बिएको कारण विहिबारको बैठक स्थगित भएको थियो ।

आजको बैठकबाट पदाधिकारीलाई अन्तिम रूप दिने माओवादीले जनाएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ । .



प्रतिक्रिया दिनुहोस्