Logo

६ महिनादेखि थुप्रिएको ट्रान्सफर स्टेसनको फोहोर उठाउन शुरू



काठमाडौं, भदौ ३ । राजधानीको टेकुस्थित ट्रान्सफर स्टेसनमा विगत ६ महिनादेखि थुप्रिएको फोहोर बिहीबारबाट उठाउन शुरू गरिएको छ । बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयवासीसँग बुधबार तीनबुँदे सहमति भएपछि ट्रान्सफर स्टेसन र बाटोको फोहोर उठाउन शुरू भएको हो ।

गत फागुनदेखि ट्रान्सफर स्टेसनमा थुप्रिएको फोहारलाई महानगरले एक महिनाअघि प्लास्टिकले छोपेको थियो । ल्यान्डफिल साइटमा समस्या भएको कारण ट्रान्सफर स्टेसनमा फोहोरको थुप्रो बढेको थियो । काठमाडौं महानगरपालिका वातावरण विभाग ल्यान्डफिल साइटका इन्जिनियर सरकारदीप श्रेष्ठका अनुसार बिहीबार बिहान नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले १८ र समानान्तर निर्माण सेवाले ३० र बाँकी कामपाले गरी ६० ट्रिप फोहोर ल्यान्डफिल साइटमा लगिएको थियो । ट्रान्सफर स्टेसनमा करिब ८ सय ट्रिप फोहोर थुप्रिएको बताउँदै श्रेष्ठले भने– ‘ट्रान्सफर स्टेसनको सबै फोहोर उठाउन करिब ४ दिन लाग्न सक्छ ।’

कामपाका प्रवक्ता नवीन मानन्धरले काठमाडौ, नुवाकोट र धादिङको प्रमुख जिल्ला अधिकारी, कामपाका प्रमुख कार्यकारी अधिकृत, तारकेश्वर र धुनिबेसी नगरपालिका जनप्रतिनिधि र तीनै सुरक्षा निकायका अधिकारीबीच ३ बुँदे सहमति भएपछि बिहीबारबाट फोहोर उठाउन शुरू भएको जानकारी गराउँदै प्रवक्ता मानन्धरले नेपाल भने– ‘स्थानीयको जायज माग पूरा गर्दै फोहोर व्यवस्थापन गर्नेछौं ।’ ट्रान्सफर स्टेसनको फोहोर ढुवानी थालिएपछि पीडित संघर्ष समितिका संयोजक चन्द्रमान महर्जनले खुसी व्यक्त गरे ।

‘नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले महानगरलाई समस्या परेका बेला पेशा व्यवसायीले सहयोग गर्नुपर्छ भनेर हामीले ट्रिपर तथा ट्रक व्यवसायी समितिसँग छलफल गरेर सहयोग गरेको बताए । वातावरण व्यवस्थापन विमागका नायब प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्टले निजी र अन्य गरी बिहीबार करिब २ सय ९७ ट्रिप फोहोर विसर्जन भएको जानकारी दिए । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot