Logo

फिनल्यान्डकी प्रधानमन्त्रीको रक्सीले मातेको भिडिओ भाइरल, हेर्नुहोस् भिडिओ



काठमाडौं, भदौ ३ । फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिन रक्सी खाएर मातेको भिडिओ समाजिक सञ्जालमा भाइरल भइरहेको छ।

बिबिसीका अनुसार एउटा पार्टीमा मरिन झ्याप भएर नाचेको भिडिओ लिक भएसँगै उनी विवादमा तानिएकी छन। सार्वजनिक भिडिओमा प्रधानमन्त्री मरिनसहित फिलन्यान्डका चर्चित सेलिब्रेटी र उनका साथीहरू नाचगान गरिरहेको देख्न सकिन्छ ।
भिडिओ भाइरल भएसँगै विपक्षी दलका नेताहरुले मरिनले लागू औषध समेत सेवन गरेको आरोप लगाउदै परीक्षण हुनु पर्ने माग राखेका छन् ।

मरिनले भने आफ्नो सार्वजनिक, पारिवारिक र नितान्त व्यक्तिगत जीवन भएको बताउँदै लागुपदार्थ सेवनको परीक्षण गर्न तयार रहेको प्रष्ट पारेकी छन् ।

३४ वर्षकी हुँदा मरिन सन् २०१९ मा फिनल्यान्डकी प्रधानमन्त्री बनेकी थिइन्। त्यतिबेला उनी संसारकै सबैभन्दा कान्छी सरकार प्रमुख थिइन्।



प्रतिक्रिया दिनुहोस्