Logo

माओवादी केन्द्रको पदाधिकारी टुंगिएन, भोलि फेरि बैठक बस्ने



काठमाडौं, भदौ ३। नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सकिएको छ। पार्टी कार्यालय पेरिसडाँडामा आज बिहान बसेको स्थायी समिति बैठकले पनि पदाधिकारीको टुंगो लगाउन सकेन।

भोलि दिउँसो १ बजे पुनः बैठक बोलाइएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।  महराले भने, ‘छलफलका विषयहरू कुनै पनि बाँकी राखेका छैनौ। राम्रो छलफल भएको छ।’ पटक पटक पदाधिकारी टुंग्याउने भनिए पनि अहिलेसम्मका बैठकले ठोस निर्णय गर्न सकेको छैन।

बुधबार बसेको पार्टीको बैठकले पदाधिकारीबाहेक सबै समितिको टुंगो लगाइसकेको छ।



प्रतिक्रिया दिनुहोस्