Logo

भगिरथ चलाउनेको ‘झमझम झम्कना’ले पायो १ करोड २३ लाख भिउज



काठमाडौं, ३ भदौ । चर्चित गायक भगिरथ चलाउनेको स्वर तथा संगित रहेको तीज गीत ‘झमझम झम्कना’को म्युजिक भिडियोले १ करोड बढी भिउज पाएको छ ।

गत असार २३ गते भगिरथ चलाउने युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त भिडियोले हालसम्म १ करोड २३ लाख २५ हजार ३३ भिउज पाएको हो ।

गीतमा चलाउनेलाई लोकप्रिय गायिका सुनिता बुढा क्षेत्रीले स्वरमा साथ दिएकी छिन् । गीतमा लय बमबहादुर गाहा मगरको छ भने म्युजिक एरेन्ज बिनोद बराजुलीले गरेका छन् ।

त्यस्तै, गीता ढुंगाना र भगिरथ चलाउनेको शसक्त अभिनय रहेको म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् भने विष्णु शर्माले उत्कृष्ट सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस् :

 



प्रतिक्रिया दिनुहोस्

Screenshot