Logo

बाबुरामको दाबी : चुनावपछि एमाले देशको नेतृत्व गर्ने अवस्थामा आउँदैन (भिडिओसहित)



काठमाडौं, ३ भदौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले प्रचण्डसँगको सहकार्य स्वभाविक भएको प्रतिक्रिया दिएका छन् । उनले नेपालमा पछिल्लो उपलब्धि हाँसिल गर्नको लागि जनयुद्धको ठूलो हात रहेको सुनाए । हिजो (बिहीबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूलाई चुनाव जित्नको लागि प्रचण्ड चाहिएको भन्नु गलत रहेको सुनाए । उनले नेपालमा आन्दोलनको जग भनेको नै माओवादी आन्दोलन हो भन्ने दाबी गरे । उनले भने,‘अब यसलाई समयानुकल बनाएर लैजानुपर्छ । विल्कुल नयाँ गरेर जान्छु भन्ने पनि विकल्प देखिएन । अहिले हामी अलग अलग पार्टी छौं । विचार फरक छ । अहिले हामी चुनावी तालमेल गरेर जाने दिशामा अघि बढिरहेका छौं ।’

उनले वर्तमान गठबन्धनकै नेतृत्वमा चुनाव हुने विश्वास दिलाए । उनले आगामी निर्वाचनपछि एमाले बहुमत ल्याएर देशको नेतृत्व गर्ने अवस्थामा आउने सम्भावना आफूले नदेखेको सुनाए । उनले तत्काल निर्वाचनको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य नहुने जिकिर गरे । उनले लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सरकारमा लिएर जाँदा राम्रो हुने धारणा राखे ।



प्रतिक्रिया दिनुहोस्