Logo

मदिरा पार्टीले विवादमा परेकी फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मारिनको पीडादायक बाल्यकाल



एजेन्सी, ३ भाद्र । यतिबेला फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मारिन विवादमा परेकी छिन् । उनको मदिरा पार्टीमा नशामा परेको भिडियो भाइरल भएपछि विवादमा परेकी हुन् ।

फिनल्यान्डको विपक्षी दलले उनले लागूऔषध सेवन गरे या नगरेको चेकजाँच हुनुपर्ने माग गरेका छन् । उक्त मदिरा पार्टीले मारिनको पद नै धरापमा परेको छ ।

मारिन सन् २०१९ मा विश्वकै कम उमेरकी प्रधानमन्त्री बन्न सफल भएकी थिइन् । उनी त्यतिबेला ३४ वर्ष मात्र भएकी थिइन् । ३६ वर्षीय मारिन मध्यमवर्गीय परिवारकी हुन् । उनी सानै हुँदा मातापिताले पारपाचुके गरेका थिए ।

सन् २०१५ मा मारिनले आफूले आमाको समलिङ्गि सम्बन्धले तनाव भोगेको खुलासा गरेकी थिइन् । उनको बाल्यकाल निकै तनावले भरिएको थियो ।

हलसिन्कीमा जन्मिएकी मारिनले आर्थिक अभाव झेल्नुपर्दा बेकरीमा काम गरिन् । उनका पिता लाउरी मारिन रक्सीको नशामा पर्नुले आमाले छाडिन् । उनलाई आमा र झड्केला बाबुले हुर्काएका थिए ।

१९ वर्षकै उमेरमा स्नातक उत्तीर्ण गरेकी उनले स्नातकोत्तर तहसम्म अध्ययन गरेकी छिन् ।

टेम्परे विश्वविद्यालयमा अध्ययन गरेपछि उनी सार्वजनिक विद्यालयमा शिक्षिका भइन् । त्यस क्रममा सन् २०१५ मा २९ वर्षकै उमेरमा सांसद बनिन् । राजनीतिमा छलाङ मारेकी उनी ३४ वर्षकै उमेरमा प्रधानमन्त्री बनेर किर्तिमान बनाइन् ।



प्रतिक्रिया दिनुहोस्