Logo

एनएफपिजेले १७ विधामा फोटोपत्रकारिता अवार्ड प्रदान गर्ने



काठमाडौं, ३ भाद्र । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले असोज ६ गते १७ विधामा फोटो प्रतियोगीत गर्ने भएको छ ।

१८३औं अन्तराष्ट्रिय फोटोग्राफी दिवसको उपलक्ष्यमा समूहले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमको अवसरमा समूह आफ्नो स्थापनाको २५ बर्ष पुरा भएको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको हो ।

२५औं वार्षिकोत्सवका क्रममा समूहले असोज ६ गते काठमाडौंमा विशेष समारोह गरेर प्रतियोगीता प्रतिस्पर्धीलाई पुरस्कृत गर्न लागेको समूहका अध्यक्ष प्रदिपराज वन्तले जानकारी दिए ।

कार्यक्रममा एनफपीजेका पूर्व अध्यक्षद्वय बरिष्ठ फोटो पत्रकार मिनरत्न बज्रचार्य र विकास रौनीयार, वाइडलाइफ फोटोग्राफर लगायत नेपालका वरिष्ठ फोटो पत्रकारहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा पूर्व अध्यक्षद्धयले शुभकामना व्यक्त गर्नुका साथै नेपालमा फोटोपत्रकारिता भोग्नु परेका समस्याको वरेमा वताएका थिए । सस्थाका आविजन सदस्य राजन काफ्लेले पनि फोटोपत्रकारले भोग्नु परेको समस्याका वारेमा आफ्नो धारणा सहित शुभकामना व्यक्त गरेका थिए ।

१८३औं विश्व फोटा दिवको अवसरमा समूह महासचिव नवराज श्रेष्ठका अनुसार नयाँ तथा पुराना फोटोपत्रकारलाई १६ विधामा अवार्ड प्रदान गर्ने जानकारी गराए । २५औं वर्षको विशेष समारोहमा सस्थापक सदस्य लगायत नेपालका अग्रज फोटो पत्रकारहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको श्रेष्ठले बताए । अवार्डको नाम ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२२’ राखिएको शुक्रवार काठमाडौं आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

समूहले लाइफ टाइम एचिभमेन्ट अवार्डका लागि रु. ५० हजार प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरि दैनिक गतिविधिका फोटो खिच्ने पत्रकारका लागि दैनिकजीवन फोटोपत्रकारिता विधा अवार्ड, महिला फोटोपत्रकारिता अवार्डको पनि घोषणा गरिएको छ ।

सम्मानका अन्य विधाहरुमा, पर्यटन, संस्कृति फोटोपत्रकारिता अवार्ड, आर्थिक फोटोपत्रकारिता अवार्ड, राजनीतिक फोटोपत्रकारिता अवार्ड, मनोरञ्जन फोटो पत्रकारिता अवार्ड, स्वतन्त्र फोटो पत्रकारिता अवार्ड रहेका छन् । त्यस्तै सात वटै प्रदेशबाट एक/एक जना उत्कृष्ट फोटो पत्रकारलाई अवार्ड तथा सम्मान गर्ने कार्यक्रम रहेको समूहले जनाएको छ ।

राष्ट्रिय फोटोपत्रकार समूहका पूर्व अध्यक्ष लगायत सल्लाहाकार र कार्यक्रम संयोजक लगायतका बढीमा ५ जनाको छनौट समितिले पुरस्कारबारे अन्तिम निर्णय लिने समूहका अध्यक्ष वन्तले जानकारी दिए ।

अध्यक्ष वन्तले नेपालमा फोटो पत्रकारहरुको सामाजिक सुरक्षा, काम गर्ने संस्थामा भएको र फोटो पत्रकारहरुको मुल्याङ्कन राज्यले नगर्ने भएकाले सस्थाले विभिन्न सञ्चारगृहमा कार्यरत फोटोपत्रकारहरुलाई हौसला प्रदान गर्न पनि यस्तो कार्यक्रम गरिएको वताए ।

‘१८३ औं फोटो दिवस बनाउँदै छौं तर नेपाल फोटो पत्रकारहरुका समस्या धेरैं छन् । तर काम गर्ने संस्था देखिएका समस्या समाधान गर्नका लागि हामी लागि परेका छौं,’ अध्यक्ष वन्तले भने ।



प्रतिक्रिया दिनुहोस्