Logo

बाबुरामलाई ऋषि धमलाको प्रश्न-तपाईंमाथि त भारतको ईशारामा पार्टी फुटाएको भन्ने आरोप छ नि ? (भिडिओसहित)



काठमाडौं, ३ भदौ । नेकपा समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूमा विवेक प्रयोग गर्ने क्षमता छ कि छैन भन्ने कुरा नेपाली जनताले राम्रोसँग बुझेको स्पष्ट पारेका छन् । उनले आफूमाथि विवेक प्रयोग गर्न नसकेको र विदेशीको इशारामा चलेको भनेर लागेको आरोपको पनि खण्डन गरेका छन् । उनले भने,‘कसैले मलाई यस्तो आरोप लगाउँछ भने त्यसलाई मैले खण्डन गर्न जरुरी छैन् । त्यो असत्य कुरा हो ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कुराकानीको क्रममा पत्रकार धमलाले तपाईंमाथि त भारतको ईशारामा पार्टी फुटाएको भन्ने आरोप छ नि ? भनेर सोधिएको अर्को प्रश्नमा उनले भने–‘तपाईँ उही कुरा नगर्नुहोस क्या, यस्तो नेगेटिभ कुरा मात्रै किन गर्नुहुन्छ ? देश र जनतामा यत्रा समस्या छन्, त्यता जानुहोस न । आशा देखाउनुहोस न । तपार्इँ मिडियाहरुले खाली नकारात्मक कुरा गर्ने, जुधाउने अनि फुटाउने काम गर्नुहुँदैन् । भिडाउने कुरा गने हो ?’

उनले हिलो चलाईए आफ्नो मुखमा नै हिलो लाग्छ भन्दै उनले कसैले आरोप लगाए उसैलाई सोध्न पनि आग्रह गरे । उनले आफूले भारतले भनेर प्रचण्डसँग सहकार्य गरेको र उपेन्द्र यादवबाट अलग भएको भनेर लगाईएको आरोपको पनि खण्डन गरे । उनले आक्रोशित हुँदैन भने–तपाईँको प्रश्नै गलत छ । यस्तो वाहियता प्रश्न गर्दै नगर्नुहोस । वाहियात कुरा नदोहोर्याउनुहोस ।’



प्रतिक्रिया दिनुहोस्