Logo

सदनले त्यही नागरिकता विद्येयक पठाए राष्ट्रपतिले अब प्रमाणीकरण गर्नुहुन्छ : सल्लाहकार यादव



काठमाडौं, ३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्ले नागरिकता विद्येयक जस्ताको त्यस्तै पठाएपनि अब त्यसलाई प्रमाणीकरण गर्ने भएकी छिन् ।

यसअघि नागरिकता विद्येयक प्रमाणीकरणको लागि राष्ट्रपतिकहाँ पुग्दा लामो समय त्यसलाई अड्काएर अन्तिममा पूनर्विचारको लागि भन्दै राष्ट्रपतिले सदनमा फिर्ता पठाएकी थिईन् ।

तर, सत्तापक्षले उक्त विद्येयकमा कुनै संशोधन नै नगरी जस्ताको त्यस्तै हिजो प्रतिनिधिसभाबाट पारित गरेको छ ।

यता, राष्ट्रपति भण्डारीले संसदमा फिर्ता पठाइएको नागरिकता विधेयकको बारेमा कानूनविद्हरुसँग परामर्श गरेकी छिन् ।

अब दुवै सदनले पारित गरेर उक्त विद्येयक राष्ट्रपति कार्यालय पुगे त्यसलाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्ने तयारी गरेकी छिन् ।

राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार लालबाबु यादवले पनि अब विद्येयक आए प्रमाणीकरण गरिने स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्