काठमाडौं, ४ भदौ । जनता समाजवादी पार्टी, नेपालका युवा नेता सुधिर अग्रवाल पार्टीको मधेश प्रदेश परिषद् समितिको सदस्यमा मनोनित भएका छन् । पार्टीको मधेश प्रदेश समितिको गत साउन ३१ गते बसेको कार्यकारिणी समितिको बैठकले अग्रवाललाई उक्त समितिको सदस्यमा चयन गरेको हो ।
पार्टीको मधेश प्रदेशकी कोषाध्यक्ष रेनु यादवले अग्रवालको सफल कार्यकालको शुभकामना दिँदै फेशबुकमा लेखेकी छिन्-“जनता समाजबादी पार्टी,नेपाल मधेस प्रदेश समितिको मिति २०७९ श्रावण ३१ गते बसेको कार्यकारिणी समितिको बैठकले महोत्तरी,बर्दिवास नगरपालिकका नव्या होटेलका संचालक (Owner),महोत्तरी चेम्बर अफ कमर्सका अध्यक्ष युवा नेता सुधीर अग्रवालज्यू मधेस प्रदेश परिषद समितिको सदस्यमा चयन भएको हुदा कार्यकाल सफलताको हार्दिक बधाई तथा शुभकामना ।”




प्रतिक्रिया