Logo

नेपाल इभ टुरिजम टुर दुवई-२०२२ मा भाग लिन ऋषि धमला दुवई उडे



काठमाडौं, ४ भदौ । ब्लु चिप ग्रुप अफ कम्पनीले आयोजना गर्न लागेको नेपाल इभ टुरिजम टुर दुवई-२०२२ मा भाग लिन रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमला दुवई प्रस्थान गरेका छन् ।

भोलि अगष्ट २१ तारिख दुवईको वल्र्ड ट्रेड सेन्टरको शिख रशिद हलमा आयोजना गरिने कार्यक्रममा पत्रकार धमला अतिथिको रुपमा सहभागी हुने भएका हुन् । उक्त ईभेन्टको व्यवस्थापन भने ड्रिम हाई नेपालले गरेको हो ।

उक्त कार्यक्रममा सहभागी हुन यसअघि महानायक राजेश हमाल दुवई पुगिसकेका छन् । कार्यक्रममा नेपालका ख्याँतिप्राप्त कलाकारहरुको प्रस्तुति हुने जनाईएको छ । नेपालको पर्यटन प्रवद्र्धन, कला र संस्कृतिको सम्वद्र्धनको तथा प्रचारप्रसारको लागि उक्त कार्यक्रमको आयोजना गरिएको जनाईएको छ ।

गायक शिव परियार, गायिका सुनिता दुलाल, गायक खेम सेन्चुरी, कलाकार सन्दिप क्षेती, नायिका केकी अधिकारी र स्वस्तिमा खड्का पनि सहभागी हुने आयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्