Logo

हेल्पर केरिङ सर्कलको सम्मान कार्यक्रम सम्पन्न



काठमाडौं, ५ भदौ । हेल्पर केरिङ सर्कलको पहिलो पद हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सर्कलको बुटवलको जितगढी पार्टी प्यालेसमा सम्पन्न भएको हो ।

काबिल मल्टीमिडियाका प्रबन्धक खेमराज पाण्डेको प्रमुख अतिथ्यतामा वर्ष २०७८–७९ को कार्यसमितिले २०७९–८० को नयाँ कार्यसमितीलाई पद हस्तान्तरण गरेको थियो ।

७८–७९का अध्यक्ष बिश्वाश घिमिरेले आफ्नो कार्यकालमा उत्कृष्ट कार्यहरु गर्न सफल भएको जानकारी गराएका थिए । साथै सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्दे आफ्नो क्लबले आयोजना गर्ने सम्पूर्ण कार्यमा सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने वताए । क्लबको उचाईलाई थप माथी पुर्याउन सबैको साथ र सहयोगको आवश्वक्ता हुने जानकारी गराए ।

आगामी दिनमा पनि सुझाब दिने सबैलाई धन्यवाद दिँदै आजको दिन देखि आफू संस्थापक अध्यक्ष भए पनि क्लबका सामाजिक कार्यमा सधैं साथ दिने बताउँदै क्लबले वर्ष २०७८/७९ मा गरेका कार्यको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पाण्डेले युवाहरुको सक्रियतामा क्लवले धेरै राम्रा कामहरु गर्दे आएको र हरेक राम्रा सामाजिक कार्यमा सधैं आफ्नो साथ रहने र आगामी दिनमा सबैसंगको सहकार्यमा राम्रा खालका सामाजिक कार्य गर्न समेत आग्रह गरे ।

कार्यक्रममा यसै क्लबका सल्लाहकार नवीन नेपालले बोल्दै क्लबले सुरुको समयदेखि नै राम्रा कार्य गर्दै क्लबको उचाई माथि पुर्याएकोमा अध्यक्ष लगायत सम्पूर्ण लाई धन्यवाद ज्ञापन तथा सफलताको शुभकामना व्यक्त गरेका थिए । साथै नयाँ कार्यसमितिलाई अझ सशक्तताका साथ अघि बढ्नुहुनेछ भन्दै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

क्लबका नव निर्वाचित अध्यक्ष बिपना छेत्री पुरीले आफूलाई अध्यक्षको जिम्मेवारी प्रदान गर्ने सबैलाई धन्यवाद दिँदै आफ्नो कार्यकाल स्वर्णिम बनाउन कुनै कसर बाँकी नराख्ने बताईन् । कार्यक्रमको पहिलो सेसनको अध्यक्षता क्लबका पूर्व अध्यक्ष बिश्वश घिमिरेले गरेका थिए ।

कार्यक्रममा हेल्पर केयरिङ सर्कल क्लबकी नव निर्वाचित उपाध्यक्ष मनिशा पौडेलले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा क्लबका सदस्यहरू पवन शर्मा, विशेष घिमिरे, सुमन कार्की, तेक घर्तिमगर, प्रकृति न्यौपाने, विकी खड्का, अप्सरा पोखरेल, अरुण घिमिरे र दिरज भण्डारी उपस्थित रहेको थियो । त्यस्तै, नव निर्वाचित अध्यक्ष बिपना क्षेत्री पुरीले दोस्रो सेसनको अध्यक्षता गरेकी थिइन् भने पहिलो सेसनको कार्यक्रम सञ्चालन सदस्य महेश ज्ञवाली र दोस्रो सेसनको कार्यक्रम नव निर्वाचित सचिव सुदिप पन्थीले गरेका थिए ।

कायक्रमलाई सांगीतीक मनोरञ्जनको लागी मोडल पुजा के.सी,गायक विनोद विश्वकर्मा, र परि पराजुलीले आफ्नो प्रस्तुती दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot