Logo

पिपुल्स पावरको शेयरमा आइपिओ भर्ने आज अन्तिम दिन



काठमाडौं, ५ भदौ । पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई जारी गरेकोे साधारण शेयरमा आइपिओ भर्ने आज अन्तिम दिन हो ।

गत साउन ३१ गतेदेखि सर्वसाधारको लागि निष्काशन भएको शेयरमा आज बैंकिङ्ग समय सम्म आवेदकहरुले मेरो शेयर मार्फत अथवा सिआश्वा सदस्य बैक तथा वित्तीय संस्थामा स्वंम उपस्थित भई आवेदन दिन सक्नेछन ।

स्थानियबासी, कर्मचारी र सामुहिक लगानी कोषका योजनाहरुलाई छुटयाईएको सम्पूर्ण शेयरको बाँडफाँड भएपश्चात सर्वसाधारणमा जारी भएको २२ लाख ९४ हजार ६८२ कित्ता साधारण शेयरमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५०,००० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले इलाम जिल्लाको ईलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत सम्पन्न भईसकेको तथा कम्पनीले विद्युतको व्यापारीक उत्पादन गर्ने मिति २०७९ साल भदौ मसान्त रहेको छ । यस कम्पनीेको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot