एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र न्युक्यासल युनाइटेडले रोमाञ्चक बराबरी खेलेका छन् । गएराति भएको खेलमा न्यूक्यासल र सिटीले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् ।
सेन्ट जेम्स पार्कमा भएको खेलमा घरेलु टोलीको लागि मुगुएल अल्मिरोन, क्यालुम विल्सन र किएरन ट्रिप्पिएरले एक/एक गोल गर्दा सिटीको लागि इल्काइ गुन्डोगान, इर्लिंङ ब्राउट हालान्ड र बर्नार्डो सिल्भाले समान एक/एक गोल गरे । खेलमा दुवै टोलीले अग्रता लिएपनि जोगाउन सकेनन् । खेलमा एक समय दुई गोलको अग्रता लिएको न्युक्यासलले पाँच मिनेटको अन्तरालमा दुवै गोल बेहोर्दा १/१ बाढ्न बाध्य भयो ।
बराबरीसँगै सिटी ३ खेलबाट ७ अंक जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ भने न्यूक्यासल समान खेलबाट ५ अंकको साथ छैटौं स्थानमा रहेको छ ।
Photo: givemesport.com




प्रतिक्रिया