Logo

रियल सोसिडाडविरुद्व बार्सिलोनाको शानदार जीत, चम्के रोबर्ट लेवान्डोस्की



एजेन्सी । पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले डेब्यु दुई गोल गरेको खेलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस लिग ला लिगामा शानदार जीत निकालेको हो । आइतबार राति भएको खेलमा रियल सोसिडाडलाई ४-१ गोलले पराजित गर्दै बार्सिलोमाले लिगमा पहिलो जीत निकालेको हो ।

रिले एरिनामा भएको खेलमा बार्सिलोनालाई जीत दिलाउन लेवान्डोस्कीले दई गोल गर्दा ओसुमाने डेम्बेले र अन्सु फाटीले एक/एक गोल गरे । रियल सोसिडाडको लागि एलेक्सान्डर इसाकले एक गोल फर्काए । खेलको पहिलो मिनेटमै बाल्डेको पासमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए । यसै सिजन बार्सिलोनामा अनुबन्ध भएका लेवान्डोस्कीको यो क्लबबाट पहिलो गोल हो ।

छैटौं मिनेटमा इसाकले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा ल्याए । ६६ औं मिनेटमा फाटीको पासमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई २-१ गोलको अग्रता दिलाए । लगत्तै फाटीकै पासमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । यस्तै ७९ औं मिनेटमा फाटीले गोल गर्दै बार्सिलोनालाई ४-१ गोलको जीत दिलाए ।

जीतसँगै बार्सिलोना २ खेलबाट ४ अंक जोड्दै लिगको पाँचौ स्थानमा उक्लिएको छ । पराजित सोसिडाड समान खेलबाट ३ अंकको साथ् दसौं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot