Logo

नेताहरुको सम्पत्ति छानबिन गर्न केशब झाको माग (भिडिओसहित)



काठमाडौं, ६ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता केशब झाले आफ्नो पार्टी सरकारमा जानको लागि मरिहत्ते गरेर नलागेको स्पष्ट पारेका छन् । प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता झाले यस्तो बताएका हुन् ।

उनले आफ्नो पार्टीका नेताहरु इमानदार नभएको जिकिर गरेका छन् । उनले देशमा कुन नेताले कसरी भ्रष्टाचार गरेको भन्नेबारे आफूहरु जानकार रहेको पनि टिप्पणी गरे । उनले भने,‘हाम्रो नेताहरुले देश लुटेको छ र ? जसले देश लुटेको छ, त्यसलाई मुद्दा लागिरहेको छ त ? त्यो हामीले हेरेको छैन र ? यो देशमा कसले भ्रष्टाचार गरेको छ भनेर । तपाईले हेर्नुभएको छैन र ? बुझेको छैन् र ?’ उनले भ्रष्टाचारको कुरा बारम्बार आएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot