केपी ओलीको दाबी-देशै एमालेमय छ, एक्लै बहुमत ल्याउँछ (भिडिओसहित)


काठमाडौं, ६ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंरि ४ गते हुने निर्वाचनमा एक्लै बहुमत ल्याउनसक्ने दाबी गरेका छन् । उनले अहिले देश नै एमालेमय भएको दाबी पनि गरे । आज काठमाडौंमा आयोजित विशेष कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

गठबन्धनवालाहरुले सिटको हिसाबकिताब गर्दैमा समय व्यतित हुने तर एमालेले देशव्यापी रुपमा जित्ने उनको दाबी थियो । उनले सिन्धुपाल्चोकमा दुईवटै प्रतिनिधिसभाको क्षेत्र र ४ वटा प्रदेश सभा एमालेले जित्ने दाबी गरे ।